२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

क्युबाको इन्धन डिपोमा चट्याङ पर्दा १ सयभन्दा बढी घाइते, १७ सम्पर्कविहीन

कान्तिपुर संवाददाता

काठमाडौँ — क्युबाको मातान्जास सहरमा शनिबार मातान्जास सहरस्थित एक आयल निगमको डिपोमा चट्याङ पर्दा आगलागी हुँदा ठूलो क्षति भएको छ । यस क्रममा १ सय २० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

क्युबाको इन्धन डिपोमा चट्याङ पर्दा १ सयभन्दा बढी घाइते, १७ सम्पर्कविहीन

आधिकारीहरूका अनुसार घटनास्थलमा एक जनाको शव भेटिएको छ । साथै १७ जना दमकलका कर्मचारीहरू सम्पर्कविहीन भएको पनि बताइएको छ । उक्त स्थानमा चट्याङ परेपछि ४ वटा विस्फोटका आवाज सुनेको स्थानीयहरूले बताका छन् ।

साथै घटनास्थलमा आगलागी हुँदा उद्धारमा कठिनाइ भएको बताइएको छ । शुक्रबार राति सुरु भएको आगलागी शनिबारसम्म नियन्त्रण गर्न सकिएको छैन । खराब मौसम र तीव्र हावाका कारण आगो दोस्रो ट्यांकीमा पनि फैलिएको थियो । घटनापछि उक्त स्थानमा प्रहरी तथा उद्धारकर्मी टोली त्यहाँ पुगेको थियो ।

घटनास्थलबाट १ सय २० भन्दा धेरै घाइतेलाई उद्धार गरिएको उद्धारकर्मीहरूले जनाएका छन् । यसैबीच क्युबा सरकारले यस घटनापछि छिमेकी देशहरूसँग सहयोग मागेको थियो । त्यसलगत्तै मेक्सिको र भेनेजुएलाले भने उद्धारकार्यमा सहयोग गरेका छन् ।

क्युबाका जनताहरू पछिल्लो समय लोडसेडिङ र इन्धन संकटको सामना गरिरहेका छन् । आयल निगमको डिपोमा आगलागी भएपछि यहाँको अवस्था थप बिग्रन सक्ने आकलन गरिएको छ । घटनास्थलको आगो नियन्त्रणमा लिन सैनिक हेलिकप्टरबाट पानी खसालिएको छ ।

प्रकाशित : श्रावण २२, २०७९ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?