भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — जगदीप धनखड भारतको उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उनलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो । धनखडले कुल खसेको मतमा ५ सय २८ प्राप्त गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वाले १ सय ८२ भन्दा कम मत प्राप्त गरेकी छन् । 'एनडीएका उम्मेदवार जगदीप धनखडले ३ सय ४६ मतान्तरले चुनाव जितेका छन् । उनले खसेको ७ सय २५ मतमध्ये ५ सय २८ प्राप्त गरेका छन् । जबकी १५ मत रद्द भएको छ । विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वाले १ सय ८२ मत प्राप्त गरेकी छिन्,' चुनावी परिणामको घोषणा गर्दै लोकसभाका महासचिव उत्पल सिंहले भने ।

भारतका उपराष्ट्रपति माथिल्लो सदन राज्यसभाको अध्यक्ष हुने व्यवस्था छ । धनखडले अगस्ट १० मा वेङ्कैया नायडुको कार्यकाल समाप्त भएपछि जिम्मेवारी सम्हाल्नेछन् । यसअघि उनी पश्चिम बंगालको राज्यपाल रहेका थिए ।

जुलाई महिनामा भएको राष्ट्रपति चुनावमा भाजपाकी उम्मेदवार द्रौपदी मूर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित : श्रावण २१, २०७९ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्

चिकित्सा क्षेत्रमा ‘नग्न नृत्य’ : डा. केसी

भदौ १२ देखि २० औं पटक सत्याग्रह सुरु गर्ने
कान्तिपुर संवाददाता

सुनसरी — चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीले जनताको स्वास्थ्य अधिकारप्रति राजनीतिक दल र सरकार निरन्तर असंवेदनशील हुँदै आपराधिक काम मात्र गरेको आरोप लगाएका छन् । शनिबार धरान आइपुगेका उनले आफूहरूसँग पटक–पटक गरेको सम्झौतालाई सरकारले पूर्ण रूपमा कार्यान्वयन नगरेकाले आउँदो भदौ १२ देखि २० औं पटक सत्याग्रह सुरु गर्ने चेतावनी पनि उनले दिएका छन् ।

धरानमा शनिबार सञ्चारकर्मीसँग धारणा राख्ने क्रममा प्रा.डा. गोविन्द केसी । तस्बिर : प्रदीप मेन्याङ्बो/कान्तिपुर

६ बुँदे माग राख्ने क्रममा सरकारले स्वास्थ्य क्षेत्रमा आपराधिक काम गरेको आरोप उनले लगाए । उनले भने, ‘धैर्य गरेर पर्खियौं, ५ वर्ष बित्यो तर हालसम्म कुनै पनि प्रतिबद्धता पूरा गरेनन् ।’

कार्यकर्ता भर्ती गराउन भागबन्डा गरेर सार्वजनिक संस्थानका सम्पत्ति दोहन गर्ने, दोहन गरेको कालोधनको बलमा चुनाव जित्ने र फेरि उही लुटतन्त्र दोहोर्‍याउने प्रयत्नमा दलहरू तल्लीन रहेको उनले आरोप लगाए । उनले भने, ‘नागरिकको स्वास्थ्य अधिकार संविधानमा सुरक्षित हुँदाहुँदै पनि नेताहरूले लुटिखाने धन्दा मात्र बनाए ।’

उनले नेपालका शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकार तथा दलका नेता–मन्त्रीहरूले ‘नग्न नृत्य’ प्रदर्शन गरिरहेको आरोप लगाए । संविधानमा जिल्ला अस्पतालमा ७० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रमा ५० र स्वास्थ्य चौकीमा ३५ प्रकारका विभिन्न औषधि निःशुल्क दिने भने पनि सर्वसाधारणले पाउन नसकेको र एक्सरे, रगत जाँज निःशुल्क जाँच गर्ने व्यवस्था भए पनि निजी अस्पतालले लिने शुल्क जति नै लिएर मात्र गर्ने बेथिति ७७ वटै जिल्लामा रहेको पनि बताए ।

प्रकाशित : श्रावण २१, २०७९ २०:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×