अमेरिकी सभामुख पेलोसीमाथि चीनले लगायो प्रतिबन्ध- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी सभामुख पेलोसीमाथि चीनले लगायो प्रतिबन्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनले अमेरिकी सभामुख नान्सी पेलोसीमाथि प्रतिबन्ध लगाएको छ । हालै पेलोसीले ताइवानको भ्रमण गरेकाले चीनले उनी उनको परिवारका सदस्यमाथि
प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

तस्बिर : रोयटर्स

पेलोसीको ताइवान भ्रमणसँगै चीन रुष्ट बनेको छ । उसले ताइवानी सीमाआसपासमा सैन्य अभ्यास पनि बढाउँदै आएको छ । चीनका विदेशमन्त्री वाङ यीले एक वक्तव्य जारी गर्दै भनेका छन्, 'चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप भएको छ । यसले चीनको सम्प्रुभता र क्षेत्रीय अखण्डतामाथि पनि क्षति पुगेको छ । अमेरिकाले 'एक चीन नीति' को उल्लंघनसमेत गरेको छ । साथै ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई पनि क्षति पुर्‍याएको छ ।'

चीनले ताइवानलाई आफ्नै भूभागका रूपमा दाबी गर्दै आएको छ । राष्ट्रपति सी चिनफिङलगायतका चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताले ताइवानलाई एकीकरणमार्फत चीनमा गाभिने बताउँदै आएका छन् ।

अमेरिकी सभामुख आफ्नो एसिया भ्रमणका क्रममा शुक्रबार ताइवान पुगेकी थिइन् । सभामुख पेलोसीले भने ताइवानको यथास्थितिलाई परिवर्तन गर्न आफ्नो भ्रमण नभएको स्पष्टीकरण दिएकी थिइन् । तर उनले ताइवानलाई तहसनहस हुन नदिनेचाहिँ बताएकी थिइन् ।

प्रकाशित : श्रावण २०, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा थपिए ९१२ कोरोना संक्रमित, ३७० निको  

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ हजार ९४१ पीसीआर परीक्षणमा ४९४ र ३ हजार ५५० एन्टीजेन परीक्षणमा ३८३ जना संक्रमित फेला परेका छन् । २४ घण्टामा जम्मा ६ हजार ४९१ नमुना परीक्षण गरिएको थियो ।  

२४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : श्रावण २०, २०७९ १६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×