ताइवान वरपर चीनले गरेको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो

चिनियाँ सेनाले वास्तविक लडाइँको तयारी गरेको बताइएको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमण सकेर फिर्ता भइसक्दा पनि चीनले ताइवान सीमा क्षेत्रमा युद्ध अभ्यास जारी राखेको छ । चीनले ताइवानको स्वशासित टापुमा बिहीबार गरेको युद्ध अभ्यासलाई अहिलेसम्मकै ठूलो मानिएको छ ।

ताइवान वरपर चीनले गरेको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो

उक्त सैन्य अभ्यासका कारण पानी जहाजको मार्गमा पनि असर पुगेको बताइएको छ । पेलोसीले भने बुधबार ताइवान छाडिसकेकी छन् ।

अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन आक्रोशित बनेको हो । चिनियाँ अधिकारीहरूले पेलोसीको भ्रमणको चर्चा भएदेखि नै विरोध जनाउँदै आएका थिए ।

जवकि २५ वर्षको अवधिमा पेलोसीको भ्रमण अमेरिकी उच्च अधिकारीको भ्रमण हो । उक्त भ्रमणलाई लिएर चीनले कडा शब्दमा आपत्ति जनाएको छ । यससँगै चीनले ताइवान वरपरको समुद्रमा सैन्य अभ्यास गरेको हो । विश्वका व्यस्त जलमार्गमध्ये एक मानिने यस क्षेत्रमा चीनले युद्धपोतहरू तैनाथ गरी सैन्य अभ्यास गर्दै आएको हो ।

ताइवानले भने चिनियाँ गतिविधिलाई लिएर आपत्ति जनाएको छ । चीनले सैन्य अभ्यास गरिरहँदा ताइवानको सामुद्रिक तथा बन्दरगाह विभागले चिनियाँ सैन्य अभ्यासबाट बच्न सचेत गराएको छ ।

ताइवानको सरकारले चिनियाँ अभ्यासले गर्दा आफ्ना अन्तर्राष्ट्रिय मार्गहरू अवरुद्ध हुने जनाएको छ । चीनले भने यस परिस्थितिका लागि अमेरिकालाई दोष लगाउँदै उक्त अभ्यासलाई 'आवश्यक र न्यायोचित' भनेको छ । ताइवान वरपर गरिएको उक्त सैन्य अभ्यास वास्तविक लडाइँका लागि गरिएको चिनियाँ सैन्य स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

प्रकाशित : श्रावण १९, २०७९ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?