पेलोसीको भ्रमणअघि ताइवान सीमाक्षेत्रमा अमेरिकी युद्धपोत तैनाथ

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी संसद्‍की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको तयारी भइरहँदा अमेरिकाले ताइवानको पूर्वी सीमा क्षेत्रमा युद्धपोतहरू तैनाथ गरेको छ ।

पेलोसीको भ्रमणअघि ताइवान सीमाक्षेत्रमा अमेरिकी युद्धपोत तैनाथ

चीनको चेतावनीका बावजुद अमेरिकाले पेलोसीको सम्भावित भ्रमणअघि चारवटा युद्धपोतहरू तैनाथ गरेको हो । पेलोसीको ताइवान भ्रमणबारे औपचारिक घोषणा नभए पनि मंगलबार ताइपेइमा अवतरण गर्ने समाचार सार्वजनिक भएका छन् ।

ताइवानी मिडियाले पनि पेलोसी मंगलबार ताइपेइमा अवतरण गर्ने जनाएका छन् । साथै उनी बुधबार ताइवानको संसद भवन पुग्ने बताइएको छ । यद्यपि ताइवान सरकारले पनि पेलोसीको भ्रमणबारे औपचारिक जानकारी दिएको छैन ।

चीन र अमेरिकाबीच विवादका बीच पेलोसीको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । पेलोसीको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकालाई बारम्बार चेतावनी दिएको छ भने अमेरिकी अधिकारीहरूले पेलोसीले ताइवान भ्रमण गर्न पाउने उनको अधिकार भएको जनाएका छन् ।

पेलोसी ताइवान आए चिनियाँ सेना मुकदर्शक बनेर नबस्ने भन्दै चिनले अमेरिकालाई चेतावनी दिएको छ । यसैबीच चिनियाँ विमानहरू पनि सोमबारदेखि नै ताइवानको सीमा क्षेत्रमा उडाइएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

चिनियाँ 'धम्की'बीच अमेरिकी सभामुख जालिन् त ताइवान ?

प्रकाशित : श्रावण १७, २०७९ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?