कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भारतको केरलमा मंकीपक्स संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको केरलमा मंकीपक्सका कारण एक युवकको मृत्यु भएको छ । शनिबार मृत्यु भएका ती युवकलाई मंकीपक्सको पश्चिम अफ्रिकी भेरिएन्ट संक्रमण भएको केरलाको स्वास्थ्य विभागले पुष्टि गरेको छ ।

भारतको केरलमा मंकीपक्स संक्रमितको मृत्यु

उक्त घटनालाई भारतमा मंकीपक्सबाट पहिलो मृत्युको रुपमा लिइएको छ । केरलकी स्वास्थ्यमन्त्री बिना जर्जले २२ वर्षीय युवकको मृत्यु भएको जानकारी दएकी थिइन् । साथै ती युवक यूएईबाट भारत आएको पनि उनले जानकारी दिएकी थिइन् ।

उनलाई मंकीपक्स संक्रमण देखिएपछि केरलकै एक निजी अस्पतालमा भर्ना भएको थियो । मृतकको परिवार सदस्यहरूका अनुसार उनी यूएईको रास अल खइमाहमा कार्यरत थिए । साथै उनी जुलाइ २२ मा आफ्नो घर आइपुगेका थिए ।

भारतमा मंकीपक्सका संक्रमितको संख्या चार पुगिसकेको छ । जसमध्ये तीन जना केरलकै छन् । राजधानी नयाँ दिल्लीमा पनि एक जना संक्रिमत देखिएका छन् ।

प्रकाशित : श्रावण १६, २०७९ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?