कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अमेरिकालाई चीनको चेतावनी- 'आगोसँग नखेल्नू'

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच ताइवान र दक्षिण चीन सागरलगायत विषयबारे वार्ता भएको छ । यस क्रममा दुवै देशका राष्ट्रपतिहरू प्रत्यक्षरुपमा भेटवार्ता गर्न सहमत भएका छन् । वार्ताको क्रममा ताइवान विवादबारे पनि दुई नेताबीच छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अमेरिकालाई चीनको चेतावनी- 'आगोसँग नखेल्नू'

यस क्रममा ताइवानमा गतिविधि नबढाउन भन्दै सीले बाइडेनलाई चेतावनी दिएको पनि अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । रोयटर्सका अनुसार सीले बाइडेनलाई ताइवानको विषयमा 'आगोसँग नखेल्न' चेतावनी दिएका थिए ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने तयारी भइरहेको समाचार आइरहँदा दुई देशका राष्ट्रपतिबीच वार्ता भएको हो । सीले पेलोसीको सम्भावित भ्रमणलाई लिएर आपत्ति जनाएका थिए । यदि पेलोसीले ताइवान भ्रमण गरेमा २५ वर्षपछि अमेरिकी उच्च अधिकारीको सबैभन्दा महत्त्वपूर्ण भ्रमण हुनेछ । यद्यपि पेलोसीको भ्रमण कहिले हुने वा नहुने भन्नेबारे बाइडेन प्रशासनबाट आधिकारिकरुपमा घोषणा भएको छैन ।

बिहीबार साँझ अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ नेता सीलाई भिडियो कल गरेका हुन् । बाइडेन राष्ट्रपति बनेपछि चिनियाँ राष्ट्रपति सीसँगको यो उनको पहिलो वार्ता पनि हो । उनीहरूबीच दुई घण्टा लामो फोनवार्ता भएको थियो ।

वार्ताको क्रममा सीले बाइडेनसमक्ष अमेरिकाले 'एक चीन नीति' पालना गर्नुपर्ने भन्दै आग्रहसमेत गरेका थिए । साथै ताइवानको विषयमा उनले कडारुपमा चिनियाँ धारणा राखेको चिनियाँ सरकारी समाचारमाध्यमले जनाएका छन् ।

ताइवानलाई लिएर चीन र अमेरिकाबीच लामो समयदेखि विवाद छ । ताइवानमा अमेरिकी गतिविधिलाई लिएर चीनले आपत्ति जनाउँदै आएको छ । चीनले ताइवानलाई आफ्नो सुरक्षा क्षेत्रको रुपमा चिनाइरहँदा ताइवानले भने आफूलाई स्वतन्त्र देशको रुपमा चिनाउँदै आएको छ ।यसबीचमा चीनले पटक-पटक ताइवानको आकाशमा लडाकु विमान उडाउने गरेको छ ।

प्रकाशित : श्रावण १३, २०७९ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?