कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

दिनेश गुणावर्धने बने श्रीलंकाको नयाँ प्रधानमन्त्री

काठमाडौँ — सत्तारुढ दल श्रीलंका पोदुजना पेरामुना(एसएलपीपी) का सांसद दिनेश गुणावर्धने श्रीलंकाको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति रनिल विक्रमासिंघेले गुणावर्धनेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

दिनेश गुणावर्धने बने श्रीलंकाको नयाँ प्रधानमन्त्री

गुणावर्धनेले शुक्रबार नै प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । ७३ वर्षीय गुणावर्धनेले यसअघि विदेश, गृह र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । गत अप्रिलमा उनलाई तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षले गृहमन्त्रीमा नियुक्त गरेका थिए ।

यसअघि बिहीबार नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघले शपथ लिएका थिए । उनको शपथसँगै श्रीलंकाली सेना र प्रहरीले सरकारविरोधी प्रदर्शन दबाउन थालेको छ । राष्ट्रपति कार्यालय सेनाले नियन्त्रणमा लिइसकेको छ भने प्रदर्शनकारीका टेन्टहरू भत्काइदिएको छ । हप्तौँ लामो प्रदर्शनपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष मुलुक छाडेर भागेका थिए । त्यसपछि संसद्‍मा भएको निर्वाचनमा विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

राजापाक्षे परिवारप्रति मात्र नभएर प्रदर्शनकारी विक्रमासिंघेप्रति पनि रुष्ट छन् । विक्रमासिंघले प्रदर्शनकारीमाथि कारबाही हुन सक्ने संकेत पनि गरेका थिए । केही प्रदर्शनकारीले भने उनलाई एक पटक मौका दिनुपर्ने बताएका छन् ।

प्रकाशित : श्रावण ६, २०७९ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?