कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जापानमा माथिल्लो सदनका लागि मतदान

एपी

टोकियो — पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोलीकाण्डमा हत्या भएपछि आघात, उदासी र डरबाट मुक्त भइनसकेका मतदाताले बिनाउत्साह जापानको माथिल्लो सदनको निर्वाचनमा मतदान गरेका छन् । पूर्वप्रधानमन्त्री आबेको चुनावी प्रचारका क्रममा गोली प्रहार गरी हत्या भएको घटनाको छायामा भएको मतदानबाट नेता आबेको सत्तारूढ दल विजय यात्रातर्फ अग्रसर देखिएको छ ।

जापानमा माथिल्लो सदनका लागि मतदान

प्रहरीले आरोपित हत्यारालाई थप अनुसन्धानका लागि स्थानीय अभियोजनकर्ताको कार्यालयमा पठाएको छ । क्षेत्रीय प्रहरी अधिकारीले सुरक्षा त्रुटिका कारण आक्रमणकारी गोली प्रहार गर्न सफल भएको स्वीकार गरेका छन् ।

आबेलाई शुक्रबार नारामा गोली हानेका तेत्सुया यामागामीले नेता आबेको राजनीतिक दृष्टिकोणसँग आफ्नो विमति नरहेको तर आबे संलग्न संगठनको अफवाहका कारण घटना हुन पुगेको बयान अधिकारीलाई दिएका छन् । आबे संलग्न संगठनले धार्मिक समूहप्रति घृणाको विकास गरेको आरोप उनको छ । आफ्नी आमाको आस्था रहेको उक्त धार्मिक संगठनका कारण पारिवारिक व्यवसाय तहसनहस भएको बयानमा उल्लेख गरेका छन् ।

प्रकाशित : असार २७, २०७९ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?