श्रीलंकाका प्रधानमन्त्री विक्रमासिंघे राजीनामा दिन तयार

एजेन्सी

काठमाडौँ — श्रीलंकामा जारी प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफू राजीनामा तयार रहेको बताएका छन् । साथै उनले सर्वदलीय सरकार बनाउने प्रस्ताव गरेका छन् ।

श्रीलंकाका प्रधानमन्त्री विक्रमासिंघे राजीनामा दिन तयार

‘नागरिकको सुरक्षासहित सरकारको निरन्तरता सुनिश्चित गर्न सर्वदलीय सरकारको बाटो बनाउन म पार्टीका नेताहरुको सुझाव स्वीकार गर्छु । यसका लागि म प्रधानमन्त्रीबाट राजीनामा दिनेछु,' प्रधानमन्त्री विक्रमासिंघेले भनेका छन् ।

शनिबार प्रदर्शनकारीले राष्ट्रपतिको निवासभित्र प्रवेश गरी कब्जा गरिरँदा सर्वदलीय बैठकपछि प्रधानमन्त्रीबाट यस्तो प्रतिक्रिया आएको हो । शनिबार सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई राजीनामा दिन नेताहरूले दबाब दिएका थिए ।

महिनौंको प्रदर्शनपछि गत मे महिनामा महिन्दा राजापाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रनिल विक्रमासिंघेले प्रधानमन्त्री पद सम्हालेका थिए ।

शनिबार उनले राजीनामा दिन आफू तयार रहेको बताए पनि राजीनामा दिएको घोषणा भने गरेका छैनन् । शनिबार बिहानैदेखि दसौं हजार प्रदर्शनकारी राजधानी कोलम्बोमा उत्रिएका थिए । साथै उनीहरू राष्ट्रपति गोटाबाया राजापाक्षको निवासभित्रै प्रवेश गरी कब्जा जमाएका थिए ।

राष्ट्रपति गोटाबाया भने त्यसअघि नै निवास छाडेर अज्ञात र सुरक्षित स्थानतर्फ भागिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा देखाइए अनुसार प्रदर्शनकारीहरूले राष्ट्रपतिको निवासभित्र प्रवेश गरी स्वीमिङ पुलमा पौडी खेलिरहेका थिए ।

परिवारवादको राजनीतिले आर्थिक जर्जर

प्रकाशित : असार २५, २०७९ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?