कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

डेनमार्कको व्यस्त मलमा बन्दुकधारीले गोली चलाउँदा ३ को मृत्यु

एजेन्सी

काठमाडौँ — एक बन्दुकधारीले डेनमार्कको व्यस्त सपिङ मलमा अन्धाधुन्द गोली चलाउँदा तीनजनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । प्रहरीका अनुसार घाइते मध्ये तीनजनाको अवस्था गम्भिर रहेको छ ।

डेनमार्कको व्यस्त मलमा बन्दुकधारीले गोली चलाउँदा ३ को मृत्यु

मलमा गोली चलाउने २२ वर्षे युवकलाई प्रहरीले नियन्त्रणमा लिएको ५ । प्रहरीले यसलाई आतंकवादी घटनाकै रुप अनुसन्धान गरिरहेको बताएको छ । घटनाप्रति डेनिस शाही परिवारले दु:ख व्यक्त गरेका छन् । यस्तै डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेड्रिक्सेनले पनि घटना दुःखद् भएको बताउँदै शोकसन्तप्त परिवार प्रति समवेदना व्यक्त गरेकी छन् ।

राजधानी कोपनहेगनभन्दा केही बाहिरको क्षेत्रमा रहेको यस फिल्डस मल डेनमार्ककै एक ठूलो मलमध्येमा पर्छ । त्यहाँ गोलीवारी सुरु भएपछि उपस्थितहरु माझ भागदौड नै मच्चिएको थियो । सपिङ मलको नजिकै रहेको हलमा बेलायती गायक ह्यारी स्टाइल्सको कन्सर्ट पनि घटनापछि रद्द गरिएको छ ।

प्रकाशित : असार २०, २०७९ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?