कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मणिपुरको पहिरोमा २९ मारिए, ३४ बेपत्ता

एजेन्सी

गुवाहटी — भारतको मणिपुरमा पहिरोमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा २० सुरक्षाकर्मी र ९ सर्वसाधारण छन् । पहिरोपछि ३४ जना बेपत्ता छन् । मणिपुरस्थित नोनीमा रेल मार्ग निर्माण कार्य भइरहेको स्थानमा बुधबार गएको पहिरोमा परेकामध्ये २९ जनाको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका हुन् ।

बेपत्ता भएका ३८ जनामध्ये १२ सुरक्षाकर्मी र २६ सर्वसाधारण हुन् । पहिरो गएको स्थानबाट १३ सुरक्षाकर्मी र ५ सर्वसाधारणको उद्धार गरिएको जनाइएको छ ।

अधिकारीहरूले बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको जनाएका छन् । खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी तथा स्वयंसेवकहरू खटिइरहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोस्थल पुगेका मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले ज्यान गुमाएकाका परिवारलाई जनही ५ लाख र घाइतेलाई ५० हजार क्षतिपूर्ति दिने घोषणा गरेका छन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले ज्यान गुमाएकामध्ये ९ सुरक्षाकर्मी आफ्नो राज्यको भएका जनाएकी छन् ।


प्रकाशित : असार १८, २०७९ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?