चीनको दक्षिणी क्षेत्रमा चाबा आँधी, उच्च वर्षाको चेतावनी

एजेन्सी

काठमाडौँ — चीनको दक्षिणी क्षेत्रमा शक्तिशाली आँधीले जनजीवन प्रभावित पारेको छ । मौसमविद्‍हरूले देशको सबैभन्दा धेरै जनसंख्या भएको प्रान्त गुआङदोङ लगायत क्षेत्रमा उच्च वर्षा र बाढीको प्रकोपको खतरा पूर्वानुमान गरेका छन् ।

चीनको दक्षिणी क्षेत्रमा चाबा आँधी, उच्च वर्षाको चेतावनी

यस क्षेत्रमा शनिबार १५ देखि २० किलोमिटर प्रतिघण्टाको दरले चाबा आँधी उत्तरपश्चिम क्षेत्रतर्फ फैलिरहेको छ । चिनियाँ राष्ट्रिय मौसम विज्ञान केन्द्रले आँधीबारे जानकारी दिँदै आम नागरिकलाई शतर्क रहन पनि सचेत गराएको छ ।

उक्त आँधीले उच्च वर्षा ल्याउन सक्ने पनि बताइएको छ । यद्यपि चाबा आँधीलाई अन्यको तुलनामा मध्यम स्तरको बहाब भएको आँधी मानिएको छ । पछिल्ला सातामा चीनको दक्षिणी भूभागमा वर्षा र बाढीले ठूलो भौतिक संरचना ध्वस्त पारेको बताइएको छ ।

साथै आर्थिक रुपमा पनि प्रमुख क्षेत्र मानिएको यस क्षेत्रमा भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै १० औं लाख मानिसको जनजीवन प्रभावित पारेको छ ।

यस्तै अगस्टसम्म नै अत्यधिक मात्रामा बाढी आउने आकलन गरिएको छ । विज्ञहरूले जलवायु परिवर्तका कारण यस्तो अवस्था आएको टिप्पणी गरेका छन् ।

यसैबीच शनिबार दक्षिणी चीन सागरमा ३० जना सवार एउटा पानी जहाज दुर्घटना हुँदा २४ जना चालक दलका सदस्यहरू हराइरहेका छन् । दुर्घटनामा तीन जनाको भने उद्धार गरिएको छ । उक्त दुर्घटनास्थल हङकङको दक्षिणपश्चिम क्षेत्रमा पर्छ ।

प्रकाशित : असार १८, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?