इरानमा शक्तिशाली भूकम्प : ५ को मृत्यु, १९ घाइते

एजेन्सी

काठमाडौँ — इरानको दक्षिणी क्षेत्रमा ६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । साथै १९ जना घाइते भएका छन् ।

इरानमा शक्तिशाली भूकम्प : ५ को मृत्यु, १९ घाइते

स्थानीय मिडियाका अनुसार होर्मोज्गान प्रान्तस्थित बन्दर अब्बस सहर नजिकै भूकम्प गएको थियो ।

होर्मोज्गान प्रान्तका गभर्नर महदी दोस्तीले भूकम्पमा पाँच जनाको मृत्यु भएको र १९ जना घाइते भएको जानकारी दिएका छन् । भूकम्पको केन्द्रबिन्दु मानिएको गाउँ साए खोस्तसँगै आसपासका कतिपय घर र अन्य भौतिक संरचना भत्किएको पनि बताइएको छ ।

होर्मोज्गान प्रान्तमा यसअघि गत वर्षको नोभेम्बरमा भूकम्प जाँदा एक जनाको मृत्यु भएको थियो । इरानमा १९९० मा ७ दशमलब ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा ४० हजारको मृत्यु भएको थियो ।

प्रकाशित : असार १८, २०७९ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?