युक्रेनको बन्दरगाहमा रुसद्वारा मिसाइल आक्रमण

एजेन्सी

काठमाडौँ — युक्रेनको एक अपार्टमेन्टमा रुसले मिसाइल आक्रमण गर्दा कम्तीमा १० जना मारिएको पुष्टि भएको छ । शुक्रबार युक्रेनको ओडेसास्थित ब्ल्याक सी बन्दरगाहमा रहेको एक अपार्टमेन्ट भवनमा रुसले हमला गरेको युक्रेनका अधिकारीहरूले जनाएका छन् ।

युक्रेनको बन्दरगाहमा रुसद्वारा मिसाइल आक्रमण

यद्यपि मृत्यु हुनेको संख्या अझै बढी हुनसक्ने अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । यस आक्रमणमा मृत्यु हुनेमा बालबालिका पनि परेको बताइएको छ । यसअघि रुसले युक्रेनको क्रेमेन्चुकस्थित एक सपिङ मलमा आक्रमण गर्दा दुई जना मारिएका थिए । साथै दर्जनौं घाइते भएका थिए ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि छिट्टै ८ सय मिलियन डलरको सैन्य सहायता प्याकेज उपलब्ध गराउने जनाएका छन् । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले भने हालै मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरी आफ्नो देशले रुससँगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

रुसी क्षेप्यास्त्र आक्रमणमा १८ युक्रेनी मारिए


प्रकाशित : असार १७, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?