'नेपालसँग मिलेर काम गर्न चीन इच्छुक छ'- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'नेपालसँग मिलेर काम गर्न चीन इच्छुक छ'

लक्ष्मी लम्साल

बेइजिङ — चीनले नेपालसँग द्विपक्षीय रणनीतिक सहयोगात्मक साझेदारी विकास गर्नका लागि मिलेर काम इच्छुक रहेको बताएको छ । चीनको परराष्ट्र मन्त्रालयले बुधबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ जतिसक्दो चाँडो चीन आउने प्रतीक्षा गरिरहेको बताउँदै यस्तो बताएको हो ।

परराष्ट्र प्रवक्ता चाउ ली च्येनले नवनियुक्त नेपाली राजदूतलाई स्वागत गर्न इच्छुक रहेको बताए । उनले नवनियुक्त राजदूतको आगमनसँगै विगतमा दुई देशका शीर्ष नेताहरूबीच भएका सहमति कार्यान्वयन हुने अपेक्षा गरेको बताए । उनले भने, ‘दुई देशका नेताहरूले गरेका महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, राजनीतिक विश्वासलाई गहिरो बनाउन, आपसी हितकारी सहयोगको प्रवर्द्धन गर्न र द्विपक्षीय रणनीतिक सहयोगात्मक साझेदारी विकास गर्नका लागि नेपाली पक्षसँग मिलेर काम गर्न चीन इच्छुक छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई अघिल्लो बिहीबार राजदूत नियुक्त गरेकी थिइन् । एक साताभित्र चीनले पनि नियुक्तिको समर्थन गर्दै सहकार्यको अपेक्षा प्रकट गरेको हो । पत्रकार सम्मेलनमा नेपालकी राष्ट्रपतिले भर्खरै चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेका उम्मेदवारबारे चीनको टिप्पणी मागिएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो ।

माओवादी केन्द्रको कोटाबाट पठाइएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ अनुसार राजदूतमा नियुक्त गरेकी थिइन् ।

प्रकाशित : असार १६, २०७९ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्

कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु, दुई जना घाइते

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिका ५ पोल्खरीमा घर भत्किँदा बुधबार एक शिशुको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । प्रहरीका अनुसार ८ महिनाको शिशु करिश्मा खुनाको मृत्यु भएको हो भने ११ वर्षीय अर्जुन खुना र ४० वर्षीय मन्ते थारु घाइते भएका छन् ।

काठको पुरानो घर वर्षाका कारण भत्किएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए । उनका अनुुार मृतक शिशु र घाइते बालक घरभित्रै सुतेका थिए भने अर्का घाइते थारु घर छेउमै विश्राम गरिरहेका थिए ।


प्रकाशित : असार १६, २०७९ ०६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×