युक्रेनको सपिङ सेन्टरमा रुसद्वारा मिसाइल आक्रमण

रुसी आक्रमणबाट दुई जना मारिए, २० जना घाइते । मृत्यु हुनेको संख्या यकिन नभएको राष्ट्रपति जेलेन्स्कीको भनाइ ।
एजेन्सी

काठमाडौँ — रुसले युक्रेनको क्रेमेन्चुक सहरस्थित एक व्यस्त सपिङ सेन्टरमा मिसाइल आक्रमण गर्दा कम्तीमा दुई जना मारिएका छन् । साथै २० जना घाइते भएको युक्रेनी वरिष्ठ अधिकारीहरूले जनाएका छन् ।

युक्रेनको सपिङ सेन्टरमा रुसद्वारा मिसाइल आक्रमण

आक्रमणपछि घटनास्थलमा आगो लागिरहेको तथा क्षतविक्षत अवस्थाको तस्बिर सामाजिक सञ्जालमा व्यापक रुपमा सेयर गरिएको छ । सार्वजनिक भएको भिडियोमा धुवाँको मुस्लो उडिरहेको देखिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका अनुसार उक्त सपिङ सेन्टरभित्र १ हजारभन्दा धेरै मानिस रहेका थिए । जेलेन्स्कीले यसबारे जानकारी दिएका छन् । साथै मृत्यु हुनेको वास्तविक विवरण पनि यकिन नभएको बताइएको छ। जेलेन्स्कीले भने उक्त घटनामा मृत्यु हुनेको संख्या कल्पना गर्न नसकिने जनाएका छन् ।

घटनास्थलमा अहिले ठूलो संख्यामा उद्धारकर्मीहरू खटिएका छन् । क्रेमेन्चुक युक्रेनको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्र रहेको सहर मानिन्छ । जुन डिनिप्रो नदीको किनारमा अवस्थित छ।

प्रकाशित : असार १३, २०७९ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?