कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

गुजरात दंगा आरोपमा मोदीलाई सफाइ

नयाँदिल्ली — सन् २००२ मा भएको गुजरात दंगाका आरोपी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफाइ पाएका छन् । दंगाको समयमा गुजरातका मुख्यमन्त्री रहेका मोदीलाई सर्वोच्च अदालतले सफाइ दिएको हो ।

गुजरात दंगा आरोपमा मोदीलाई सफाइ

मोदीलाई आरोपीको सूचीमा समावेश नगरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।

सर्वोच्चले त्यस रिटलाई खारेज गरेपछि मोदीमाथि लाग्दै आएको आरोपबाट उनी मुक्त भएका हुन् । अदालतले गुजरात दंगामा कुनै समुदायमाथि हिंसा फैलाउने षड्यन्त्र कुनै पनि उच्च सरकारी तहबाट नभएको भन्दै रिट खारेज गरिदिएको हो ।

रिटमा कुनै गलत उद्देश्यले दंगा फैलाइएको र त्यसमा मोदीसहितको सहभागिता रहेको भन्दै कानुनी कारबाहीको माग गरिएको थियो । तर सर्वोच्चले अल्पसंख्यकविरुद्ध राज्य प्रयाजित अपराध भएको आरोप अस्वीकार गरेको हो । भारतको सत्तारूढ दल भारतीय जनता पार्टीले सर्वोच्चको आदेशलाई ‘सत्यको जित’ को संज्ञा दिएको छ ।

प्रकाशित : असार १२, २०७९ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?