१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

अफगानिस्तानमा गएको भूकम्पमा परी २५० को मृत्यु

काठमाडौँ — अफगानिस्तानमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा २ सय ५० जनाको मृत्यु भएको छ । मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा २ सय ५० जनाको मृत्यु भएको र सयौंको संख्यामा मानिसहरू घाइते भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

अफगानिस्तानमा गएको भूकम्पमा परी २५० को मृत्यु

अफगानिस्तानको दक्षिण-पूर्वी शहर खोस्टभन्दा ४४ किलोमिटरको दूरीमा रहेको स्थानलाई केन्द्र बनाएर ६.१ म्याग्निच्युड स्केलको भूकम्प गएको बीबीसीले लेखेको छ ।

भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र छिमेकी देश पाकिस्तानमा समेत महसुस गरिएको युरोपियन मेडिटेरिनियन सिस्मोलोजिकल सेन्टरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ ।

भूकम्पबाट सबैभन्दा धेरै क्षति अफगानिस्तानको पक्तिका प्रान्तमा भएको छ । ‘दुर्भाग्यवश ! गएराति गएको भूकम्पमा परी पक्तिका प्रान्तका चार जिल्लाका सयौं मानिसहरू घाइते भएका छन् भने दर्जनौं घरहरू ढलेका छन्‚’ सरकारका प्रवक्ता बिलाल कारिमीले ट्विटरमा लेखेका छन् ।

उनले सम्बन्धित निकायलाई आपत्कालीन उद्धारका लागि तुरुन्त उक्त क्षेत्रमा जानका लागि निर्देशनसमेत दिएका छन् ।

प्रकाशित : असार ८, २०७९ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?