पटनाबाट दिल्ली उडेको विमानमा आगलागीपछि आपतकालीन अवतरण

काठमाडौँ — भारतको पटनाबाट नयाँ दिल्लीतर्फ उडेको स्पाइस जेटको विमानमा आइतबार आगलागी हुँदा आपतकालीन अवतरण गरिएको छ । एसजी-७२३ विमान उडानको क्रममा पंखमा आगलागी भएको थियो।

पटनाबाट दिल्ली उडेको विमानमा आगलागीपछि आपतकालीन अवतरण

विमानमा आगो लागेपछि पाइलटले पटनाकै विमानस्थलमा विमानलाई आपतकालीन अवतरण गराएका थिए । अधिकारीहरूका अनुसार उक्त विमान चरासँग ठोक्किन पुगेको थियो ।

१८५ यात्रु बोकेर नयाँ दिल्लीतर्फ जाँदै गरेको उक्त विमान आगो लागेपछि पनि करिब १० मिनेटसम्म आकासमै उडिरहेको थियो ।

त्यसपछि पाइलटले विमानलाई पाटनकै जेपी इन्टरनेसनल एयरपोर्टमा ल्याएर अवतरण गराएका हुन् । यस क्रममा मानवीय क्षति भने भएको छैन । यद्यपि विमानको पखेटामा क्षति पुगेको बताइएको छ । विमानमा रहेका सबै यात्रुलाई दिनभर विमानस्थलमै राखेर अपराह्न ४ बजेपछि दिल्ली पठाउने तयारी गरिएको बताइएको छ ।

आगो लाग्नुअघि विमानको इन्जिनबाट अनौठो आवाज आएर धुवाँ निस्किएको आफूहरूले देखेको विमानका यात्रुहरूले बताएका छन् ।

प्रकाशित : असार ५, २०७९ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?