कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानिस्तानमा बम विस्फोटबाट १६ को मृत्यु

रासस/एएफपी

काठमाडौँ — अफगानिस्तानमा यात्रुवाहक मिनीबस र एउटा मस्जिदमा भएका श्रृंखलाबद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या कम्तीमा १६ पुगेको छ । यसमध्ये केही आक्रमणहरू इस्लामिक समूहले जिम्मा लिएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार २४ घण्टाको अवधिमा विभिन्न चारवटा बम विस्फोट भएका हुन् । विस्फोट बुधबार र बिहीबार विभिन्न समयमा भएका हुन् ।

तालिबानले गत अगस्टमा सत्ता कब्जा गरेपछि देशभर बम विस्फोटको संख्या घटेको थियो । तर गत महिना रमजानको समयमा भएका घातक हमलाहरूले थप संकट निम्त्याउन सक्ने बताइन्छ । उत्तरी सहर मजार–ए–शरिफमा छुट्टाछुट्टै मिनीबसहरु राखेकोमा तीनवटा बम विस्फोटमा परी १० व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

यस सहरका विभिन्न जिल्लाहरु तीनवटा मिनीबसमा बम रहेको बाल्खा प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले एएफपीलाई बताए । बाल्ख स्वास्थ्य विभागका प्रमुख नजिबुल्लाह तवानाले विस्फोटमा मारिएका १० मध्ये तीन जना महिला रहेको जानकारी दिए । यस विस्फेटमा परी अन्य १५ जना घाइते भएको बताइएको छ ।

विस्फोटको केही घण्टापछि इस्लामिक समूहले सामाजिक सञ्जालमा मिनीबस हमलाको जिम्मेवारी लिएका छन् । साथै राजधानी काबुलको एक मस्जिदभित्र बुधबार अबेर राति अर्को बम विस्फोट भएको छ । बिहीबार बिहानै काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले उक्त विस्फोटमा ६ जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएको जनाएका छन् ।

अफगानिस्तानमा अप्रिल ३० मा समाप्त भएको रमजानको पवित्र महिनामा मुख्यतया साम्प्रदायिक आक्रमणहरूमा काबुल र अन्य सहरहरूमा दर्जनौं सर्वसाधारणको मृत्यु भएको थियो । जसमध्ये केही आइएस समूहले दाबी गरेको थियो ।

अप्रिल २९ मा काबुलको सुन्नी मस्जिदमा धार्मिक अनुष्ठान गरिरहेका अल्पसंख्यक सुफी समुदायका सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो । गत अप्रिल २१ मा मजार–ए–शरिफस्थित एउटा शिया मस्जिदमा भएको बमले कम्तीमा १२ जना उपासकहरूको ज्यान गएको थियो अन्य धेरै घाइते भएका थिए ।

प्रकाशित : जेष्ठ १२, २०७९ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?