युक्रेनले डोन्बासमा युद्धविराम नगर्ने

एजेन्सी

किभ — युक्रेनले डोन्बास क्षेत्रमा युद्धविराम गर्न अस्वीकार गरेको छ । रुसले पछिल्ला दिनमा पूर्वी क्षेत्र डोन्बासमा आक्रमण तीव्र पारिरहेको भए पनि युक्रेनले युद्धविराम गर्न अस्वीकार गरेको हो ।

युक्रेनले डोन्बासमा युद्धविराम नगर्ने

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले किभले मस्कोसँग कुनै सम्झौता स्वीकार नगर्ने स्पष्ट पारेका हुन् ।

रुसले युक्रेनको बन्दरगाह सहर मरिउपोलमाथि नियन्त्रण कायम गरेपछि डोन्बासका दुई क्षेत्रमध्ये लुहान्स्कमा आक्रमण बढाएको हो ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?