कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मारिउपोलमा यूक्रेनी सेनाले आत्मसमर्पण गरेको रूसको दाबी

रासस/सिन्ह्वा

मस्को — यूक्रेनको बन्दरगाह सहर मारिउपोलमाथि रूसले आफ्ना सेनाले विजय हासिल गरेको दाबी गरेको छ । मारिउपोलको आजोभ्स्टाल स्टील उद्योगमा रहेका बाँकी सैनिकहरूले शुक्रबार आत्मसमर्पण गरेसँगै अब उक्त सहर पूर्णरूपमा रूसी सेनाको नियन्त्रणमा गएको रुसले जनाएको छ ।

मारिउपोलमा यूक्रेनी सेनाले आत्मसमर्पण गरेको रूसको दाबी

उक्त औद्योगिक क्षेत्रमा रहेका यूक्रेनी सेनाले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न महिनौँदेखि रोकिरहेका थिए । शुक्रबार यूक्रेनी फौज पछि हटेसँगै मारिउपोलमा ठूलो क्षति हुनेगरी भएको सबैभन्दा डरलाग्दो घेराबन्दी पनि समाप्त भएको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले ५३१ यूक्रेनी लडाकूहरू त्यहाँबाट हटेपछि मारिउपोल र सो स्टील उद्योग ‘अहिले पूर्णतः मुक्त’ भएको जनाएको छ । 'लडाकूहरू' लुकिरहेको उक्त उद्योगका भूमिगत क्षेत्रहरू पनि रुसी सशस्त्र बलको पूर्ण नियन्त्रणमा आएको रुसले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ खटिएका अन्तिम सुरक्षाकर्मीहरूलाई उक्त स्थान छाड्न आदेश दिइएको स्वीकार गरेका छन् ।

शुक्रबार एउटा टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले भने, 'आज यूक्रेनी सैनिक नेतृत्वले उनीहरूलाई उनीहरूले त्यहाँबाट बाहिर निस्किन र आफ्नो ज्यान जोगाउन सक्ने स्पष्ट सन्देश दिएको छ ।'

हप्तौँसम्म आजोभ्स्टाल क्षेत्र पूरै घेराबन्दीमा रहँदै आएको थियो । रूसी सैनिकहरूले त्यस क्षेत्रमा सबै मानवीय सहायतालाई अवरोध पुर्‍याउँदै त्यहाँ गोलाबारी गर्दै आएका थिए । उनीहरूले त्यहाँ सुरक्षार्थ खटिएका यूक्रेनी फौजलाई आत्मसमर्पण गर्न भनिरहेका थिए । उक्त क्षेत्रमा फस्ने कैयौँ गैरसैनिक नागरिकमध्ये महिला, बालबालिका र ज्येष्ठ नागरिक पनि रहेको यूक्रेनी अधिकारीले बताएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?