नाइजेरियाली सैन्य कारबाहीमा ४३ अतिवादी मारिए

रासस/सिन्ह्वा

अबुजा — नाइजेरियामा ४३ जना अतिवादी हतियारधारीहरु सैन्य कारबाहीमा मारिएका छन् । गत तीन हप्तादेखि नाइजेरियाली सेनाले जारी राखेको कारबाहीका क्रममा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएको बताइएको छ ।

नाइजेरियाली सैन्य कारबाहीमा ४३ अतिवादी मारिए

नाइजेरियाली सेनाले केही हप्तादेखि सो क्षेत्रमा आतंकवादी समूहका विरुद्धमा विशेष कारबाही अभियान सञ्चालन गरेको छ । नाइजेरियाली सेनाका प्रवक्ता वर्नाड ओनियकुले सो क्षेत्रमा सेनाले गत केही हप्तादेखि कारबाही जारी राखेको जनाएका छन् ।

यस क्रममा गएको तीन हप्तादेखि मात्र ४३ जना अतिवादी हतियारधारी मारिएका हुन् । साथै सेनाले कम्तीमा २० जना हतियारधारीलाई पनि पक्राउ गरेको जनाएको छ ।

त्यस्तै अपहरणमा परेका अरु ६३ जनालाई पनि सेनाले मुक्त गरेको छ ।उनीहरुलाई यहाँ आतंक मच्चाइरहेका हतियारधारीहरुले स्थानीयहरूलाई अपहरण गरी लगेका थिए । ती अपहरणकारीहरुलाई मुक्त गराइएको पनि सैनिक प्रवक्ता बर्नाडले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ६, २०७९ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?