१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राष्ट्रसंघीय मानवअधिकार परिषद्‍ले रुसी सेनाको युद्ध अपराधबारे छानबिन गर्ने

एजेन्सी

काठमाडौँ — राष्ट्रसंघीय मानवअधिकार परिषद्‍ले युक्रेनमा रुसी सुरक्षाकर्मीबाट भएको भनिएको युद्ध अपराध सम्बन्धी आरोपहरुको छानबिन गर्ने भएको छ ।

राष्ट्रसंघीय मानवअधिकार परिषद्‍ले रुसी सेनाको युद्ध अपराधबारे छानबिन गर्ने

जेनेभामा भएको परिषद्‍को आपतकालीन सत्रमा नेपालसहित ३३ सदस्य राष्ट्रले मानवअधिकार उल्लंघनका घटनाहरुको अनुसन्धान गर्ने प्रस्ताव पारित गरेका छन् ।

बेलायत, अमेरिकासहितका देशहरुले पक्षमा मतदान गरेका छन् । रुसी सैनिकमाथि आम मानिसको हत्या, बलात्कार, यातना र जबर्जस्ती विस्थापनसहितको मानव अधिकार उल्लंघनको आरोप लाग्दै आएको छ ।

प्रस्तावको विपक्षमा २ मत मत्रै परेको छ । चीन र इरिट्रियाले प्रस्तावको विपक्षमा मतदान गरेका थिए । भारत, पाकिस्तानसहित १२ राष्ट्रका प्रतिनिध भने मतदानमा अनुपस्थित रहे ।

परिषद्‍बाट गत महिना निस्कासित गरिएको रुस पर्यवेक्षकको रुपमा यो सत्रमा उपस्थित भएन । रुस र चीनले प्रस्तावअघि त्यसको विरोध गरेका थिए । जेनेभास्थित रुसी राजदूतले समस्याको वास्तविक कारण खोज्नुका साथै राष्ट्रसंघले रुसलाई दानवीकरण गर्न लागेको बताएका थिए । चीनका राजदूतले परिषद्‍लाई राजनीतिकरण गरिएको र प्रस्तावले विवादमा आगोमा ध्यू थप्ने काम गरेको बताएका थिए ।

प्रकाशित : वैशाख २९, २०७९ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?