कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नवाज सरिफलाई भेट्न पाकिस्तानी प्रधानमन्त्री लण्डनमा

एजेन्सी

काठमाडौँ — पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पाकिस्तान मुस्लिम लिग-एन (पीएमएल-एन) का अध्यक्ष नवाज सरिफलाई भेट्न बेलायतको लन्डन पुगेका छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ सजाय भुक्तान गरिरहेका सरिफ भने उपचारका लागि लण्डन गएर अदालतको आदेशविपरीत लण्डनमै रहँदै आएका छन् ।

नवाज सरिफलाई भेट्न पाकिस्तानी प्रधानमन्त्री लण्डनमा

स्थानीय मिडियाका अनुसार शहबाजसँगै संघीय मन्त्रीहरू र सत्तारुढ दल पीएमएल-एनका नेताहरू पनि सामेल छन् ।

उक्त टोलीमा अहसान इकबाल, मिफ्ताह इस्माइल, अयाज सादिक, मरियम औरंगजेब, साद रफिक र ख्वाजा आसिफ रहेको पाकिस्तानी मिडियाले जनाएका छन् । लण्डनमा सरिफले पीएमएल-एनका नेताहरूसँग केही महत्त्वपूर्ण मुद्दामा परामर्श गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच नवाजले लन्डनमा मिडियासँग कुरा गर्दै शहबाज सरिफको टोलीसँग भेट्न उत्सुक रहेको प्रतिक्रिया दिएका छन् ।

पाकिस्तानको जेलबाट उपचारका लागि भन्दै सन् २०१९ मा लण्डन गएका नवाज पाकिस्तान फर्किएका छैनन् । अदालतको आदेश अस्वीकार गर्दै उनी लण्डनमै छन् । गत महिना पाकिस्तानमा इमरान खान प्रधानमन्त्रीबाट हटाइएपछि नवाजका भाइ शहबाज प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रकाशित : वैशाख २८, २०७९ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?