कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

तालिबानद्वारा महिलालाई सवारी चालक अनुमतिमा प्रतिबन्ध

एजेन्सी

काठमाडौँ — अफगानिस्तानमा तालिबान अधिकारीहरूले ड्राइभिङ प्रशिक्षकहरूलाई महिलालाई चालक अनुमतिपत्र जारी नगर्न भनेका छन् ।

तालिबानद्वारा महिलालाई सवारी चालक अनुमतिमा प्रतिबन्ध

पितृसत्तात्मक र अनुदार अफगानिस्तानका कतिपय ठूला सहरहरूमा महिलाहरूले सवारी चलाउने गरे पनि तालिबान अधिकारीहरूले महिलाहरूलाई सवारी अनुमति नदिन भनेका हुन् । विशेषगरी उत्तरपश्चिम सहर हेरातमा महिलाहरूले सवारी चलाउने गरेका छन् ।

तालिबान अधिकारीले मौखिक रुपमा महिलालाई लाइसेन्स जारी नगर्न भने पनि लिखित रुपमा निर्देशन आइसकेको छैन । हेरात सहरस्थित ट्राफिक व्यवस्थापन संस्थानका प्रमुख जान अघा अचक्जाइले भने आफूहरूलाई मौखिक रुपमा लाइसेन्स रोक्न भनिए पनि निर्देशन नआएको बताए ।

'हामीलाई मौखिक रुपमा लाइसेन्स दिने काम रोक्न भनिएको छ । तर महिलालाई लाइसेन्स रोक्न भनेर निर्देशन आएको छैन,' अचक्जाइले भनेका छन् ।

सवारी चालक तालिम दिने इन्स्टिच्युटकी संचालक तथा प्रशिक्षक अदिला अदीलले तालिबानले नयाँ पुस्ताहरू पनि आफ्ना आमा जस्तै अवसरबाट वञ्चित बनाउन चाहेको प्रतिक्रिया दिएकी छन् । उनले आफूहरूलाई महिलालाई सवारी चालक तालिम नदिन भनिएको बताइन् ।

तालिबानले गत वर्ष अफगानिस्तानको सत्ता कब्जा गरेसँगै आफूहरू महिला अधिकारका लागि लचिलो बन्ने प्रतिबद्धता व्यक्त गरे पनि शासन लिएसँगै महिला अधिकारमा अनुदार देखिँदै आएको छ । यतिसम्म कि तालिबानले शासन कब्जामा लिएपछि महिलालाई कार्यालय र स्कुल जानसमेत रोक लगाएको छ ।

प्रकाशित : वैशाख २०, २०७९ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?