२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कोरियामा एकै दिन ८० हजार कोरोना संक्रमित

सिन्ह्वा

रासस — दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ८० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार एकै दिन ८० हजार ३ सय ६१ जना संक्रमित थपिएका हुन् ।

कोरियामा एकै दिन ८० हजार कोरोना संक्रमित

दक्षिण कोरियामा संक्रमितको संख्या बढ्दै गएको छ । अहिलेसम्म १ करोड ७० लाख संक्रमित भइसकेका छन् । अघिल्लो सातासम्म दैनिक १ लाख मानिस संक्रमित हुने गरेका थिए । तुलनात्मक रूपमा पछिल्ला दिनमा संक्रमितको संख्या घट्दै गएको देखिएको अधिकारीहरूले जनाएका छन् । संक्रमितमध्ये ६१३ जनाको अवस्था गम्भीर छ । हालसम्म कोरियामा कोरोनाबाट २२ हजार ३ सय २५ जनाको ज्यान गइसकेको छ । संक्रमितहरूमा मृत्युदर भने न्यून छ ।


प्रकाशित : वैशाख १३, २०७९ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?