१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

युक्रेनलाई रक्षा सहयोगबारे छलफल

रासस/सिन्ह्वा

काठमाडौँ — युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भेटवार्ता गरेका छन् । युक्रेनका लागि वासिङ्टनको सहयोगबारे छलफल गर्न किभमा भेटवार्ता भएको हो ।

युक्रेनलाई रक्षा सहयोगबारे छलफल

दुवै पक्षले रक्षा सहयोग, रुसमाथिको प्रतिबन्ध थप बलियो बनाउने, युक्रेनलाई आर्थिक सहयोग र सुरक्षा ग्यारेन्टीबारे छलफल गरेको युक्रेनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि ३.४ बिलियन अमेरिकी डलर रक्षा सहयोग उपलब्ध गराएको छ । यो युक्रेनको रक्षा क्षमतालाई सुदृढ पार्न सबैभन्दा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

आर्थिक सहायताबारे बोल्दै राष्ट्रपति जेलेन्स्कीले संयुक्त राज्यले युक्रेनलाई द्वन्द्वपछिको पुनः प्राप्तिमा मद्दत गर्ने र अमेरिकी बजारमा युक्रेनी सामानको पहुँचलाई सहज बनाउने आशा व्यक्त गरेका छन् । रुसलाई थप प्रतिबन्ध लगाउने अवधारणापत्र अमेरिकी पक्षलाई हस्तान्तरण गर्दै उनले रुसमाथि थप प्रतिबन्ध लगाउन पनि आग्रह गरेका छन् । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री आइतबार किभ आइपुगेका हुन् ।

प्रकाशित : वैशाख १३, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?