भारतमा भेटिए ओमिक्रोन एक्सईका बिरामी, स्वास्थ्य अवस्था सामान्य

रासस, सिन्ह्वा

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टबाट संक्रमित भनिएका भारतका पहिलो बिरामीको अवस्था गम्भीर नभएको स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतमा भेटिए ओमिक्रोन एक्सईका बिरामी, स्वास्थ्य अवस्था सामान्य

रिपोर्ट अनुसार बिरामी एक महिला रहेको र उनी फेब्रुअरी १० मा दक्षिण अफ्रिकाबाट मुम्बई आइपुगेको तर उनमा कुनै जटिल समस्या नदेखिएको चिकित्सकले बताएका छन् ।

अधिकारीका अनुसार मुम्बईबाट आएका २३० नमूनामध्ये २२८ वटा ओमिक्रोन भेरियन्टका छन् । त्यस्तै एक जनामा काप्पा भेरियन्ट भेटिएको र अर्कोमा ओमिक्रोन एक्सई भेरिएन्ट रहेको पाइएको छ ।

अधिकारीले भने, 'यो भाइरसको नयाँ किटाणुबाट सङ्क्रमित बिरामीको अवस्था गम्भीर छैन ।' साथै ओमिक्रोनको बीए–२ प्रजातिभन्दा एक्सई १० प्रतिशत बढी सङ्क्रामक हुनसक्ने देखिएको छ । अहिलेसम्म बीए–२ सबै कोभिड–१९ भेरिएन्टमध्ये सबैभन्दा सङ्क्रामक ठानिएको छ ।

प्रकाशित : चैत्र २३, २०७८ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?