१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

आम आदमीले बनायो पूर्वक्रिकेटर हरभजन सिंहलाई राज्यसभाको उम्मेदवार

काठमाडौँ — आम आदमी पार्टी (आप)ले भारतका पूर्व क्रिकेट हरभजन सिंहलाई माथिल्लो सदन राज्यसभाको उम्मेदवार बनाएको छ ।

आम आदमीले बनायो पूर्वक्रिकेटर हरभजन सिंहलाई राज्यसभाको उम्मेदवार

राज्यसभाको आगामी निर्वाचनमा सिंहले पञ्जाब राज्यबाट मनोनयन दर्ता गराएका हुन् । १९९८ भारतीय क्रिकेटमा डेब्यु गरेका सिंह २०१६ मा अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए । गत वर्ष मात्रै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

सिंहसँगै दिल्ली विधानसभाका सांसद राघव चड्डालाई पनि राज्यसभाको उम्मेदवार बनाएको छ । चड्डा आमआदमी पार्टीका पञ्जाब सह इन्चार्ज हुन् । त्यसैगरी कृष्णप्राण ब्रेस्ट क्यान्सर च्यारिटेबल ट्रष्टका संस्थापक सञ्जिव अरोडा, डा. सन्दिप पाठक, लवली प्रोफेसनल विश्वविद्यालयमा कुलपति अशोक मित्तललाई उम्मेदवार बनाएको छ ।

हालै भएको चुनावमा १ सय १७ सदस्यीय विधानसभामा आमआदमी पार्टीले ९२ स्थान जितेको थियो । पञ्जाबबाट राज्यसभामा ७ सांसद निर्वाचित हुन्छन् ।

प्रकाशित : चैत्र ७, २०७८ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?