कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

इराकको कुर्दिश क्षेत्रमा १२ क्षेप्यास्त्र प्रहार

एजेन्सी

बग्दाद — इराकको इर्बिलस्थित अमेरिकी कन्सुलेट कार्यालयलाई लक्षित गरी कम्तीमा १२ वटा क्षेप्यास्त्र प्रहार गरिएको छ । क्षेप्यास्त्र प्रहारबाट कम्तीमा एक जना घाइते भएका र केही भवनहरूमा क्षति पुगेको जनाइएको छ । इरानी समाचार संस्था इर्नाले ‘इराकस्थित गोप्य इजरायली अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको’ जनाएको छ ।

एक इराकी अधिकारीले इरानी भूमिबाट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको जनाएका छन् । यद्यपि, उनले यसबारे थप विवरण सार्वजनिक नगरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । एक अमेरिकी अधिकारीले पनि क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेका समाचार संस्था एपीले जनाएको छ ।

कुर्दिस्तानका प्रधानमन्त्री मस्रौर बर्जानीले घटनाको निन्दा गर्दै स्थानीयलाई शान्त रहन आग्रह गरेका छन् । ‘इर्बिलका विभिन्न क्षेत्रमा गरिएको आतंकवादी आक्रमणको हामी भर्त्सना गर्छौं,’ बर्जानीले भनेका छन् । स्थानीय अधिकारीले घटनापछि इर्बिल विमानस्थलबाट हुने उडानमा कुनै समस्या नरहेको जनाएका छन् ।

क्षेत्रीय गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घटनाबारे अनुसन्धान भइरहेको र त्यसपछि मात्र थप जानकारी सार्वजनिक गरिने जनाएको छ । तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा शान्त मानिएको कुर्दिसमा भएको पछिल्लो घटनाले सुरक्षा चिन्ता थपिएको अधिकारीहरूको भनाइ छ ।

प्रकाशित : फाल्गुन २९, २०७८ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?