युक्रेनी सेनाको दाबी : संघर्षमा ९ हजार रुसी सेना मारिए

रुसी रक्षा मन्त्रालयले भन्यो : ४९८ सैनिकको मृत्यु भएको हो
कान्तिपुर संवाददाता

काठमाडौँ — रुसी रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा आफ्ना करिब ५ सय सैनिक मारिएको बताएको छ । फेब्रुअरी २४ मा रुसले युक्रेनको दोनेत्स्क र लुहाँस्कमा आक्रमण सुरु गरेको थियो । त्यसपछि राजधानी किभ र खर्खिभलगायतका सहरमा लगातार आक्रमण गरिरहेको छ ।

युक्रेनी सेनाको दाबी : संघर्षमा ९ हजार रुसी सेना मारिए

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेनकोभले ४ सय ९८ जना सैनिक मारिएको र १ हजार ५ सयय ९७ जना घाइते भएको जानकारी दिएका छन् । त्यस्तै प्रवक्ता कोनाशेनकोभलाई उद्धृत गर्दै रुसी सरकारी समाचार संस्था स्पुतनिकले युक्रेनतर्फ २ हजार ८ सय ७० जना मारिएको दाबी गरेको छ ।

त्यस्तै आक्रमणमा ३ हजार ७ सय जना घाइते भएका छन् । त्यस्तै रुसी रक्षा मन्त्रालयले क्रान्सी लिमान, भारभारोभ्का बोरोभेन्कीलगायतका सहर आफ्नो कब्जामा आएको दाबीसमेत गरेको छ ।

त्यस्तै युक्रेनमा बढ्दै गएको उत्तर एटलान्टिक सन्धि संगठन(नेटो) को सैन्य बेस र आणविक हतियार निष्क्रिय बनाउन रुसी सैन्य कारबाही अगाडि बढाइएको समेत उसको दाबी छ ।

उता युक्रेनले संघर्षमा करिब ९ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनको सेनाले ट्विट गर्दै रुसतर्फ ९ हजार सैनिक मारिनुका साथै ठूलो संख्यामा बख्तरबन्द गाडी र हतियार प्रणाली ध्वस्त भएको दाबी गरेको छ । जसमा २१७ ट्यांक, ३० एयरक्राफ्ट, ३१ हेलिकप्टर रहेको युक्रेनी सेनाले जनाएको छ ।

तर ८ दिनदेखि जारी संघर्षमा के कति क्षति भयो भन्नेबारे भने स्वतन्त्र रुपमा तथ्यांक बाहिर आउन सकेको छैन ।

प्रकाशित : फाल्गुन १९, २०७८ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?