३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

युक्रेनबाट ५ लाखभन्दा धेरै मानिस भागे

युक्रेनमा रुसी सैनिक प्रवेश गरेयता बालबालिकासहित ३ सय ५२ आम नागरिक मारिए । ७० जना युक्रेनी सैनिक मारिए ।
एजेन्सी

किभ — रुसी सैनिक प्रवेश गरेयता युक्रेनबाट ५ लाखभन्दा बढी मानिसहरू भागेर अन्य गएका छन् । कम्तीमा ३ सय ५२ सर्वसाधारण मारिएका छन् । तीमध्ये १४ जना बालबालिकाहरू पनि छन् ।

युक्रेनबाट ५ लाखभन्दा धेरै मानिस भागे

यस्तै ७० जना युक्रेनी सैनिकहरू मारिएको बताइएको छ । '५ लाखभन्दा धेरै शरणार्थीहरू युक्रेनबाट भागेर छिमेकी देशतर्फ गएका छन्,' शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिप्पो ग्रान्डीले भनेकी छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार रुसी सेना युक्रेनमा प्रवेश गरेदेखि ती मानिसहरू भागेर सुरक्षित स्थानतर्फ गएका हुन् । यसबीचमा मृत्यु हुनेको संख्या ३ सय ५२ पुगेको छ ।

पोल्याण्ड, हंगेरी, स्लोभाकिया, रोमानिया र मोल्दोभाका सीमा क्षेत्रमा रहेका प्रवेश नाकामा अहिले पनि सर्वसाधारणहरू चढेका कार तथा बसको लामो जाम नै परेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । तर पैदल यात्रा गरेर सीमा पार गर्नेहरूको संख्या पनि ठूलो छ ।

संयुक्त राष्ट्रसंघका अनुसार युक्रेनमा आक्रमण जारी रहँदा पोल्याण्डमा प्रवेश गर्नेको संख्या २ लाख ८१ हजारभन्दा धेरै छ । हंगेरीमा प्रवेश गर्ने ८५ हजार छन् । मोल्दोभामा जाने ३६ हजार भन्दा बढी छन् भने ३२ हजारभन्दा धेरै मानिसहरू रोमानिया र स्लोभाकियामा प्रवेश गर्नेहरू ३० हजारभन्दा धेरै छन् । तर अरु थुप्रै मानिसहरू कुन देशमा गए भन्ने पहिचान भएको छैन ।

कतिपय अफ्रिकी मुलुकमा पनि युक्रेनबाट मानिसहरू प्रवेश गरेको बताइएको छ । यस्तै अफ्रिकाका केही देशबाट युक्रेनमा अध्ययनका लागि गएका आफ्ना नागरिकहरू फिर्ता हुने क्रम जारी छ ।

यसैबीच युक्रेनका अधिकारीहरूका अनुसार कम्तीमा ७० जना सुरक्षाकर्मीहरू मारिएका छन् । रुस र युक्रेनबीच वार्ता जारी रहँदा रुसी सैनिकले युक्रेनमाथि हमला गरेका हुन् । जसलाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको युद्ध अपराध भन्दै टिप्पणी गरेका छन् ।

प्रकाशित : फाल्गुन १७, २०७८ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?