पाकिस्तान–अफगानिस्तान सीमा खुल्यो

एजेन्सी

इस्लामाबाद — पाकिस्तान र अफगानिस्तानबीचको एक प्रमुख सीमा नाका फेरि खुला गरिएको छ । सुरक्षा बलबीचको झडपमा कम्तीमा ३ जनाको मृत्यु भएको एक दिनपछि चमन–स्पिन बुल्दक सीमा नाका खोलिएको अधिकारीहरूले आइतबार जनाएका छन् ।

गत वर्ष तालिवान सत्तामा आएपछि छिमेकीहरूबीच सीमा तनाव बढेको छ । पाकिस्तानले आतंकवादी समूहहरूले अफगान भूमिबाट आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ ।

पाकिस्तानको अर्धसैनिक सीमा बलका प्रवक्ताले एएफपीलाई भने, ‘सबै किसिमका गतिविधिका लागि सीमा फेरि खोलिएको छ ।’


प्रकाशित : फाल्गुन १६, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?