२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सिड्नीको रेल सेवा ठप्प हुँदा लाखौं यात्रु प्रभावित

नारायण खड्का

अस्ट्रेलिया — न्यु साउथ वेल्समा चल्ने रेल सेवा सोमबार दिनभर बन्द हुँदा लाखौं यात्रु अलपत्र परेका छन् । कर्मचारीको संगठन र न्यु साउथ वेल्सको यातायात विभागबीच भएको छलफलमा सहमति हुन नसकेपछि सोमबार सबै रेल सेवा बन्द गर्ने निर्णय गरिएको थियो ।

सिड्नीको रेल सेवा ठप्प हुँदा लाखौं यात्रु प्रभावित

सरकारले बिहानै सूचना जारी गरेर रेल सेवा बन्द रहने जनाएको थियो भने वैकल्पिक यातायातको व्यवस्था गर्न आग्रह गरेको थियो । न्यु साउथ वेल्स सरकार र रेल, बस तथा ट्राम युनियनबीच तलब र अन्य काम गर्ने वातावरणबारे सहमति हुन नसकेपछि रेल सेवा बन्द हुन पुगेको स्थानीय समाचारमाध्यमले जनाएका छन् ।

सोमबार सिड्नी ट्रेनका प्रमुख कार्यकारी अधिकृत म्याथ्यु लङ्गल्याण्डले सर्वसाधारणलाई रेल यात्राको भर नपर्न समेत आग्रह गरेका छन् । उनले अहिले देखिएको समस्या समाधानका लागि आफूहरू लागिपरेको सञ्चारमाध्यमलाई जनाए पनि मंगलबार समेत रेल सेवा सञ्चालन हुने/नहुने अझै अन्योल छ ।

सिड्नीको रेल सेवा बन्द गरिएपछि काममा हिँडेका लाखौं यात्रु प्रभावित बनेका थिए । सिड्नीमा दैनिक लाखौं यात्रुले रेलबाट यात्रा गर्ने गर्छन् । एबिसीका अनुसार सोमबार भएको रेल सेवा बन्दलाई सरकारले कर्मचारीले गरेको हड्तालका रुपमा ब्याख्या गरेको छ भने कर्मचारीको संठगनले भने आफूहरू हड्तालमा नरहेको र काम गर्न अहिले पनि तयार रहेको बताएका छन् ।

न्यु साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेले यो घटना अत्यन्तै निराशाजनक भएको प्रतिक्रिया दिँदै यसको दोष युनियन र विपक्षी लेबर पार्टीलाई दिएका छन् । आइतबार राति न्यु साउथ वेल्स राज्यको यातायात निकाय ‘ट्रान्सपोर्ट फर एनएसडब्लू’ ले रेलसेवा प्रभावित हुने सूचना जारी गरेको थियो । रेल सेवा बन्द भएपछि बसमा भीड बढेको थियो भने सडकमा बाक्लो जाम देखिएको थियो ।

प्रकाशित : फाल्गुन ९, २०७८ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?