बेलायतकी महारानी एलिजाबेथलाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलायतकी महारानी एलिजाबेथलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ९५ वर्षीया महारानीमा संक्रमणको सामान्य लक्षण मात्रै देखिएको बताइएको छ ।

बेलायतकी महारानी एलिजाबेथलाई कोरोना संक्रमण

'उहाँलाई चिकित्सकीय निगरानीमा राखिएको छ र संक्रमणसँग सम्बन्धित सम्पूर्ण मापदण्डको ख्याल राखिएको छ,' दरबारद्वारा जारी वक्तव्यमा भनिएको छ ।

राजकुमार चार्ल्समा संक्रमण पुष्टि भएसँगै महारानीमा पनि संक्रमण देखिएको हो । यद्यपि महारानी एलिजाबेथलाई राजकुमारबाटै संक्रमण सरेको हो वा होइन भन्ने पुष्टि भने गरिएको छैन । ७३ वर्षीय राजकुमार चार्ल्सलाई फेब्रुअरी १० मा संक्रमण पुष्टि भएको थियो । यस्तै उनकी श्रीमती ७४ वर्षीया क्यामेलालाई भने फेब्रुअरी १४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । राजकुमार चार्ल्स दोस्रोपटक संक्रमित भएका हुन् भने क्यामेलालाई पहिलोपटक संक्रमण भएको हो ।

महारानी एलिजाबेथ बसोबास गर्दै आइरहेको विन्डसर दरबारमा कार्यरत धेरैजनालाई कोरोना संक्रमण देखिएको बीबीसीले जनाएको छ ।

बेलायतले संक्रमण भएपछि अनिवार्य रूपमा आइसोलेसनमा बस्नुपर्ने कानुनी बाध्यतालाई हटाउनु एकदिन अघि महारानीमा संक्रमण पुष्टि भएको हो । महारानी एलिजाबेथ आगामी अप्रिलमा ९६ वर्षमा प्रवेश गर्ने छिन् । उनले जनवरी २०२१ मा कोरोनाविरुद्धको पहिलो खोप लगाएको र तत्पश्चात बाँकी खोप पनि लगाएको बताइएकाे छ ।

प्रकाशित : फाल्गुन ९, २०७८ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?