कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बेलायतमा तीन दशकयताकै ठूलो आँधी, जनजीवन प्रभावित

कान्तिपुर संवाददाता

लन्डन — तीन दशकयताकै सबैभन्दा ठुलो आँधीका कारण बेलायतको जनजीवन प्रभावित बनेको छ । बीबीसीका अनुसार १९६ किलोमिटर प्रतिघण्टा वेगमा आएको ‘युनिस’ नामक आँधीले यातायात सञ्जाल र रेल सेवा अवरुद्ध हुनुका साथै दर्जनौँ हवाई उडान रद्द भएका छन् । 

बेलायतमा तीन दशकयताकै ठूलो आँधी, जनजीवन प्रभावित

सयौं विद्यालय बन्द गरिएका छन् भने साउथ इस्ट इङ्ल्यान्ड र साउथ वेल्सका ५० हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

मेट अफिसले पहिलोपटक लन्डन, साउथ इस्ट र इस्ट इङ्ल्यान्डका केही भागमा दिउँसो तीन बजेसम्मका लागि सबैभन्दा उच्च खतराको सूचना जारी गर्दै आमजनतालाई सकेसम्म यात्रा नगर्न अपिल गरेको छ ।

साउथ वेस्ट इङ्ल्यान्डको उत्तरी सामुद्रिक भाग र साउथ वेल्समा पनि बेग्लै रेड वार्निङ दिइएको छ । उता स्कटल्यान्डमा हिमपातले १५० वटा विद्यालय बन्द गरिएका छन् ।

बेलायत सरकारको आपत्कालीन बैठक बस्ने तयारी गरिएको छ भने सेनालाई तयारी अवस्थामा राखिएको मन्त्रीहरूले जनाएका छन् ।

प्रकाशित : फाल्गुन ६, २०७८ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?