कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फेब्रुअरी २१ देखि खोपको पूर्ण मात्रा लगाएका सबैलाई अस्ट्रेलिया प्रवेश खुला

एजेन्सी

क्यानबेरा — अस्ट्रेलियाले करिब दुई वर्षपछि पर्यटक र अन्य भिसावाहकका लागि सीमा खुला गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री स्कट मरिसनले कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लिएका पर्यटकहरूका लागि फेब्रुअरी २१ देखि आफ्नो देशमा प्रवेश दिइने बताएका हुन् । ‘यदि, तपाईंले खोपको दुवै मात्रा लगाइसक्नुभएको छ भने हामी तपाईंलाई स्वागत गर्न तयार छौं,’ मरिसनले भने ।

फेब्रुअरी २१ देखि खोपको पूर्ण मात्रा लगाएका सबैलाई अस्ट्रेलिया प्रवेश खुला

कोभिड–१९ को संक्रमण फैलिएसँगै अस्ट्रेलियाले लामो समयदेखि विदेश नागरिकलाई प्रवेश निषेध गर्दै आएको थियो । त्यसका साथै उसले कडा प्रतिबन्धात्मक नियमहरू लागू गर्दै आएको थियो । सरकारको पछिल्लो निर्णयलाई शिक्षालगायत विभिन्न क्षेत्रले स्वागत गरेका छन् ।

‘करिब दुई वर्षपछि विदेशबाट आउने पर्यटकलाई प्रवेश दिने निर्णय भएको हो,’ राष्ट्रिय सुरक्षासम्बन्धी बैठकपछि प्रधानमन्त्री मरिसनले भने । उनले सबै प्रकारका भिसा पाएकालाई अस्ट्रेलिया आउन दिने निर्णय भएको जनाएका हुन् ।

अस्ट्ेरलियाले कोभिड–१९ को महामारी फैलन रोक्न भन्दै सन् २०२० को मार्चदेखि विदेशी पर्यटकलाई प्रवेश रोकेको थियो । पछिल्लो समय अत्यावश्यक क्षेत्रमा समेत कामदार अभाव भएपछि अस्ट्रेलियाले केही अन्तर्राष्ट्रिय विद्यार्थी र कामदारलाई गत डिसेम्बरदेखि प्रवेश दिइसकेको छ ।

अस्ट्रेलियामा हालसम्म २७ लाख जनामा कोभिड–१९ को संक्रमण पुष्टि भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार तीमध्ये ४ हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार करिब ८० प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्धको खोपको दुवै मात्रा लगाइसकेका छन् ।

प्रकाशित : माघ २५, २०७८ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?