कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

फ्रान्समा एकै दिन पाँच लाखभन्दा बढीमा कोरोना संक्रमण

रासस

पेरिस — फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । फ्रान्समा पछिल्ला केही दिनयता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन् ।

फ्रान्समा एकै दिन पाँच लाखभन्दा बढीमा कोरोना संक्रमण

फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा संक्रमण देखिएको बताइएको हो । फ्रान्सका सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार २४ घन्टायता ५ लाख १ हजार ७७९ जनामा संक्रमण देखिएको हो । फ्रान्समा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दैनिक रुपमा बढिरहेको अधिकरीहरूको भनाइ छ ।

फ्रान्सेली स्वास्थ्यमन्त्रीले अहिले आइसीयूमा भर्ना हुने संक्रमितको संख्या भने घटेको बताएका छन् । पछिल्लो समय फ्रान्समा अस्पताल भर्ना हुने बिरामी पनि घटेको विभिन्न तथ्यांकहरूले देखाएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टायता मृत्यु हुनेको संख्या ३६४ पुगेको छ । फ्रान्समा अहिलेसम्म कोभिड-१९ बाट १ लाखभन्दा बढीको मृत्यु भएको बताइएको छ । फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायत देशमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन् ।

युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइएको छ ।

प्रकाशित : माघ १२, २०७८ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?