कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुस-युक्रेन तनाब बढिरहँदा हजारौं अमेरिकी सैनिक 'अलर्ट'

एजेन्सी

वासिङटन — रुस र युक्रेनबीच युद्धको खतरा बढिरहँदा अमेरिकाले भने ८ हजारभन्दा बढी सैनिकलाई पूर्वी युरोपमा तैनाथ गर्न तयारी अवस्थामा राखेको बताइएको छ । अमेरिकाको पेन्टागनस्थित रक्षा विभागले ८ हजार ५०० सैनिकलाई 'अलर्ट' राखेको हो ।

रुस-युक्रेन तनाब बढिरहँदा हजारौं अमेरिकी सैनिक 'अलर्ट'

पेन्टागनका प्रवक्ता जोन किर्बीका अनुसार सैन्य टोलीमा लडाकुसहित स्वास्थ्यकर्मी र जासूसीहरू पनि समावेश छन् । तर उनीहरूलाई अहिलेसम्म कुनै आदेश नदिइएको प्रवक्ता किर्बीले बताए । उनका अनुसार सैनिकहरूलाई कुनै मिसन पनि सुम्पिइएको छैन । तर पूर्वी युरोपमा नाटो सैन्य गठबन्धनलाई बलियो बनाउन उनीहरूलाई तैनाथ गर्न लागिएको बताइएको छ ।

यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमाथि रुसले आक्रमण गरे त्यसको परिणाम घातक हुने चेतावनी दिएका छन् । युक्रेनस्थित बेलायती दूतावासमा रहेका कर्मचारीलाई फिर्ता बोलाएको विषयमा गरिएको सम्बोधनमा प्रधानमन्त्री जोन्सनले यूक्रेनमाथि हमला गरेमा रूसमाथि बेलायतले आर्थिक नाकाबन्दी गर्ने चेतानी दिएका हुन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने युक्रेन र रुसबीच तनाब कम गर्नका लागि राजनीतिक संवाद सुरु गर्न अनुरोध गरेका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टिफन डुजारिकका अनुसार राष्ट्रसंघले दुई देशबीच युद्धको सट्टा वार्ताबाट समस्याको समाधान चाहेको छ । राष्ट्रसंघले युद्धको अवस्था हटाउन सबै पक्षलाई अपिल गरेको छ ।

प्रकाशित : माघ ११, २०७८ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?