उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुई मिसाइल प्रहार- विश्व - कान्तिपुर समाचार

उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुई मिसाइल प्रहार

सिन्ह्वा

सोल — उत्तर कोरियाले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै मंगलबार सो जानकारी दिएको छ ।

दक्षिण कोरियाली सेनाले मंगलबार बिहान उत्तर कोरियाबाट पूर्वी जलक्षेत्रमा प्रक्षेपण गरिएका दुईवटा अज्ञात क्षेप्यास्त्र पत्ता लगाएको स्रोतले जनाएको छ । क्रुज मिसाइ लहरूको प्रक्षेपण संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन भने नभएको बताइएको छ ।

प्योङयाङलाई ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाएकोमा नपरेको जनाइएको छ ।

यस महिनाको सुरुमा, उत्तर कोरियाले जनवरी ५ र ११ मा हाइपरसोनिक मिसाइल, जनवरी १४ मा दुई रेलवे छोटो दूरीको ब्यालेस्टिक मिसाइल र जनवरी १७ मा दुईवटा रणनीतिक निर्देशित मिसाइल सहित चार मिसाइल परीक्षणहरू गरिसकेको छ ।

प्रकाशित : माघ ११, २०७८ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्

महान फुटबल खेलाडी पेले अस्पताल भर्ना

सिन्ह्वा

रियो दि जेनेरियो — महान फुटबल खेलाडी पेले अस्पताल भर्ना भएका छन् । पेटको ट्युमरको उपचार जारी राख्न उनी अस्पताल फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए । चिकित्सकहरुले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए । ब्राजिलको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा बिरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ ।

सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महिना आफूलाई "हरेक दिन राम्रो" भइरहेको महसुस गरिरहेको बताएका थिए । चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षणका क्रममा ट्युमर पत्ता लगाएका थिए ।

तीन पटकको विश्वकप विजेता उनी सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिक रूपमा विरलै देखा पर्ने गरेका छन् । उनले प्रोस्टेट र मिर्गौला समस्यासँग पनि लडिरहेका छन् ।

गत वर्ष पेलेका छोरा एडिन्होले उनका बुबा कमजोर स्वास्थ्य र कमजोर गतिशीलताका कारण "एक प्रकारको डिप्रेसन" सँग लडिरहेको बताएका थिए ।

पेलेले २१ वर्षको व्यावसायिक करियरमा १,३६३ खेलमा १,२८१ गोलको विश्व रेकर्ड बनाएका छन् । उनले ब्राजिलका लागि ९१ पटक क्याप गरेका थिए र ७७ अन्तर्राष्ट्रिय स्तरमा गोल गरेका थिए ।

प्रकाशित : मंसिर २३, २०७८ १४:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×