कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

रुसले युक्रेनमा हमला गरे परिणाम घातक हुन्छ : बोरिस जोन्सन

काठमाडौँ — बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमाथि रुसले आक्रमण गरे त्यसको परिणाम घातक सिद्ध हुने चेतावनी दिएका छन् ।

रुसले युक्रेनमा हमला गरे परिणाम घातक हुन्छ : बोरिस जोन्सन

युक्रेनस्थित बेलायती दूतावासमा रहेका कर्मचारीलाई फिर्ता बोलाएको विषयमा गरिएको सम्बोधनमा प्रधानमन्त्री जोन्सनले यूक्रेनमाथि हमला गरेमा रूसमाथि बेलायतले आर्थिक नाकाबन्दी गर्ने चेतानी दिएको बीबीसीले उल्लेख गरेको छ ।

सम्बोधनकै क्रममा उनले बेलायतले विभिन्न रक्षात्मक हतियारहरू यूक्रेनमा पठाइरहेको भन्दै यूक्रेनी नागरिकको रक्षाका लागि बेलायत उभिएको बताए ।

‘विभिन्न जासुसीका अनुसार युक्रेन-रूस सीमाक्षेत्रमा रूसी सेनाका ६० समूह छन्‚ जसले युक्रेनको राजधानी किभमा आक्रमण गर्ने योजना बनाइरहेका छन्‚’ प्रधानमन्त्री जोन्सनले भने ।

प्रकाशित : माघ १०, २०७८ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?