फ्रान्समा बर्ड फ्लूको प्रकोपपछि २५ लाख पन्छी मार्न आदेश

ददि सापकोटा

पेरिस — बर्डफ्लुको सङ्क्रमण फैलिएपछि फ्रान्स सरकारले किसानहरूलाई करिब २५ लाख पन्छी मार्ने आदेश दिएको छ । फ्रान्सको कृषि मन्त्रालयले देशको दक्षिण पश्चिममा थप १० लाख भन्दा बढी चराहरू मार्न आवश्यक रहेको बिहीबार उल्लेख गरेको छ ।

फ्रान्समा बर्ड फ्लूको प्रकोपपछि २५ लाख पन्छी मार्न आदेश

बर्डफ्लु फ्रान्सको दक्षिणी भागबाट फैलिएको थियो । साना र ठूला गरी २२६ विभिन्न शहरको फार्ममा रहेका सबै हाँस, कुखुरा र टर्कीहरू आगामी तीन हप्ता भित्र मार्नुपर्ने छ ।

कृषि मन्त्रालयका अनुसार नोभेम्बरको अन्त्यदेखि संक्रमणको कारण वा रोग तिब्ररुपमा फैलिएपछि सावधानी अपनाउन करिब १२ लाख चराहरू मारिसकिएको छ । यस क्षेत्रका किसानहरूले चरालाई आहारा कोचेर खुवाउने र कलेजोमा जम्मा भएको बोसो झिकेर विशेष परिकारका रुपमा खाइने फ्वा ग्रा व्यापक रूपमा उत्पादन गर्छन् । फ्रान्सेलीहरुले यो फ्वा ग्रा युरोप लगाएका विभिन्न सहरमा व्यापार गर्दै आएका छन् । फ्वा ग्रा विशेषरुपमा उत्पादन हुने न्यानो क्षेत्र भएकाले प्रत्येक पटक पन्छी मार्न लगाउँदा किसानलाई उचित क्षतिपूर्ति दिने गरिएको छ ।

पशुपालकहरुलाई आफ्ना फार्म पूर्णरुपमा खालि गरेर सरसफाइ गर्ने र किटाणुरहित प्रमाणित गरेर मात्रै राख्न पाइने निर्देशन दिइएको छ । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार फ्रान्समा हालसम्म यो जाडोमा बर्ड फ्लुका २१६ प्रकोप रेकर्ड गरिसकिएको छ ।

गत वर्ष, फ्रान्सेली किसानहरूले भाइरसको कारण ३५ लाख हाँसलगायतका अन्य चराहरू मार्न बाध्य भएका थिए। धेरै अन्य युरोपेली देशहरू अहिले अत्यधिक संक्रामक मानिएको फ्लू एच५एन१ सँग लडिरहेका छन् ।

प्रकाशित : माघ ७, २०७८ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?