२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भारतले लम्ब्यायो अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध

काठमाडौँ — भारतले एयर बबल सम्झौता भएका देशबाहेकका देशमा लगाएको अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध फेब्रुअरी २८ सम्मका लागि लम्ब्याएको छ । 

भारतले लम्ब्यायो अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध

यसअघि मिति तय भएर स्थगित भएका अन्तर्राष्ट्रिय उडानहरू सन् २०२१ डिसेम्बरबाट सञ्चालन गर्ने निर्णय भएपनि कोरोना भाइरको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण फैलिएपछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले यस्तो निर्णय गरेको हो ।

एक सर्कुलर जारी गरी महानिर्देशनालयका निर्देशक नीरज कुमारले एयर बबल सम्झौता भएका देशहरूमा भने यो निर्णयले कुनै असर नगर्ने र हुँदै आएका उडानलाई निरन्तरता दिने उल्लेख गरे ।

यो प्रतिबन्ध फेब्रुअरी २८ तारिखको राति १२ बजेसम्म लागू हुनेछ ।

प्रकाशित : माघ ५, २०७८ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?