२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

रासस

साना — साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति यमनको राजधानी सानामा हवाई हमला गरेको छ । सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् ।

यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरु कयौँ हुथी विद्रोहीसमेत घाइते भएका छन् । हुथीहरूको बाहुल्यता रहेको यमनको राजधानी सानामा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगत लामो समयदेखि हवाई हमला गर्दै आएको छ ।

सोमबारको आक्रमण पनि हुथीहरूलाई लक्ष्य गरेर गरिएको थियो । त्यस क्रममा उनीहरूका कयौँ आश्रयस्थल भत्काइदिएको बताइएको छ ।

प्रकाशित : माघ ४, २०७८ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?