१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अफगानिस्तानमा महिला प्रदर्शन खुर्सानीको धुलो फ्याँक्दै तालिबान सेना

एजेन्सी

काबुल — अफगानिस्तानमा काम र शिक्षाको अधिकार माग्दै आइतबार प्रदर्शनमा उत्रिएका महिलाहरूको आन्दोलन दबाउने प्रयास गर्दै तालिबान सेनाले खुर्सानीको धुलो (पिरो पदार्थ) फ्याँकेको छ ।

अफगानिस्तानमा महिला प्रदर्शन खुर्सानीको धुलो फ्याँक्दै तालिबान सेना

गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि महिलाहरूले स्वतन्त्र रुपमा काम गर्न पाएका छैनन् । साथै शिक्षाको हकबाट पनि उनीहरूलाई वञ्चित गरिएको छ । आइतबार भने २० भन्दा बढी महिलाहरूले काबुल विश्वविद्यालय अगाडि समानता र न्यायको माग गर्दै नाराबाजी गरेका थिए ।

महिला अधिकारकर्मीहरूले अधिकारीसम्बन्धी नारा लेखिएका व्यानरसहित प्रदर्शन गरेका थिए । यद्यपि तालिबान सेनाले प्रदर्शन दबाउन पिरो पदार्थ फ्याँकेको हो । 'हामी जब काबुल विश्वविद्यालय अगाडि थियौं त्यसबेला तालिबान लडाकुहरू गाडीमा आएर हामीमाथि खुर्सानीको धुलो फ्याँके,' आन्दोलनकारीमध्ये एक महिलाले भनिन् । साथै तालिबान सेनाले उनीहरूमाथि बन्दुक तेर्स्याएर धम्क्याएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा लेखिएको छ ।

पिरो पदार्थबाट भएको एलर्जी उपचारका लागि एक प्रदर्शनकारीलाई अस्पताल लगिएको पनि बताइएको छ । अफगानिस्तानमा यसअघि पनि शिक्षाको अधिकार माग्दै महिलाहरू प्रदर्शनमा उत्रिएका थिए ।

तालिबान सरकारले महिलाहरूलाई स्वतन्त्र रुपमा काममा जान प्रतिबन्ध लगाएको छ । साथै महिलालाई स्कुल तथा कलेज पनि बन्द गरिएको छ । कतिपय सार्वजनिक छवि भएका महिलाहरूले भने आफ्नो पहिचान लुकाउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित : माघ २, २०७८ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?