भारतमा २ लाख ७१ हजार संक्रमित थपिए

एजेन्सी

नयाँदिल्ली — भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप २ लाख ७१ हजार २ सय २ जना संक्रमित भएका छन् । भारतको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार परीक्षण गरिएका १६.२८ प्रतिशतको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ७१ लाख २२ हजार १ सय ६४ पुगेको छ ।

भारतमा २ लाख ७१ हजार संक्रमित थपिए

भाइरसको संक्रमणका कारण उक्त अवधिमा थप ३ सय १४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८६ हजार ६६ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै, १५ लाख ५० हजार ३ सय ७७ जना सक्रिय संक्रमणको अवस्थामा छन् । यो कुल संक्रमितको ४.१८ प्रतिशत हो ।

मन्त्रालयका अनुसार बैंग्लोरमा २२ हजार २ सय ८४, दिल्लीमा २० हजार ७ सय १८, मुम्बईमा १० हजार ६ सय ६१, चेन्नईमा ८ हजार ९ सय ७८ र कोलकातामा ४ हजार ८ सय ३१ संक्रमित थपिएका हुन् ।

भारतमा पछिल्लो समय ओमिक्रोन भेरिएन्टको संक्रमण पनि तीव्र बन्दै गएको छ । हालसम्म ७ हजार ७ सय ४३ जना ओमिक्रोनबाट संक्रमित भइसकेको मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा एक लाख ३८ हजार ३ सय ३१ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै संक्रमण सुरु भएयता ३ करोड ५० लाख ८५ हजार ७ सय २१ जना निको भएको छ । भाइरस निको हुने दर ९५.५१ प्रतिशत रहेको जनाइएको छ ।

कोभिड–१९ को संक्रमण सुरु भएदेखि हालसम्म भारतमा ७० करोड २४ लाख ४८ हजार ८ सय ३८ भन्दा बढीमा परीक्षण गरिसकिएको छ । भारतले सन् २०२१ को जनवरी १६ बाट भाइरसविरुद्ध खोप अभियान सुुरु गरेको हो । त्यसयता १ अर्ब ५६ करोड ७६ लाखभन्दा बढी डोज खोप लगाइसकिएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा कोभिड–१९ विरुद्ध जारी प्रतिबन्धहरूको कडाइ गर्दै सुरक्षाकर्मी । तस्बिर : एपी

प्रकाशित : माघ २, २०७८ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?