३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट, छिमेकी देशमासमेत सुनामीको त्रास

एजेन्सी

टोंगा — दक्षिणी प्रशान्त महासागरस्थित पोलिनेसियन देश टोंगा टापुमा शनिबार शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोट भएसँगै समुद्रमा सुनामीसमेत आएको छ।

टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट, छिमेकी देशमासमेत सुनामीको त्रास

विस्फोट यति शक्तिशाली थियो कि ८०० किलोमिटरको दूरीमा पर्ने छिमेकी फिजीमा पनि आवाज आवाज सुनिएको थियो । साथै विस्फोटपछि टोंगामा ढुंगाको वर्षा भएको बताइएको छ । विस्फोटपछि फिजी र न्युजिल्याण्डमा पनि सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन सचेत गराइएको छ ।

विस्फोटको २० मिनेटपछि नै टोंगामा सुनामी आएको थियो । घटनापछि टोंगा सरकारले देशबासीहरूलाई सुरक्षित स्थानतर्फ भागेर जान भन्दै सूचना जारी गरेको छ। उक्त विस्फोटको दृश्य स्याटेलाइटमा पनि कैद भएको छ ।

स्थानीय समय अनुसार शनिबार साँझ ५ बजेर १० मिनेटमा ज्वालामुखी विस्फोट भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । र त्यसको २० मिनेटपछि सुनामी गएको थियो ।

विभिन्न अन्तर्राष्ट्रिय मिडिया समक्ष स्थानीयहरूले दिएको प्रतिक्रिया अनुसार विस्फोटको क्रममा कम्पनले घर नै हल्लिएको थियो । धेरै बेरसम्म यसरी घर हल्लिरहेको स्थानीयहरूले बताएका छन् ।

घटनापछि टोंगामा हवाई सेवा बन्द गरिएको छ । आकासमा धुवाँ आउनासाथ हवाई सेवा बन्द गरिएको थियो । साथै ज्वालामुखी विस्फोटको क्षेत्र २६० किलोमिटर रहेको बताइएको छ । जसलाई ज्यादै ठूलो मानिन्छ ।

यस क्षेत्रमा यसअघि पनि पटक पटक ज्वालामुखी विस्फोट भएको थियो । तर यस पटकको विस्फोट अघिल्लाभन्दा शक्तिशाली रहेको बताइएको छ । यस क्रममा स्थानीयहरू भागेर घरको छतमा र जमिनको उच्च स्थानमा पुगेका थिए ।

१६९ प्रायद्वीप मिलेर बनेको सानो देश टोंगामा केही लाख मात्रै जनसंख्या छ । जसमध्ये ३६ वटामा मात्रै मानिसको बसोबास छ । संवैधानिक राजतन्त्रात्मक व्यवस्था भएको यस देशलाई किङगम अफ टोंगा पनि भनिन्छ ।

प्रकाशित : माघ १, २०७८ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?