कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतमा एकैदिन २ लाख ६८ हजारलाई कोरोना, ४०२ को मृत्यु

काठमाडौँ — भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण संक्रमण तीव्र हुँदै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख  ६८ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको भन्दा ४ हजार ६ सय ३१ ले बढी हो ।  

भारतमा एकैदिन २ लाख ६८ हजारलाई कोरोना, ४०२ को मृत्यु

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख १७ हजार नाघेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ४ सय २ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ लाख ८५ हजार ७ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी महाराष्ट्रमा ४३ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । महाराष्ट्रको राजधानी मुम्बईमा मात्र थप ११ हजार ३ सय १७ जनामा संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानीसमेत रहेको दिल्लीमा थप २४ हजार ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पश्चिम बंगालमा २२ हजार ६ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कर्नाटकमा २८ हजार ७ सय २३ जना‚ केरलमा १६ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।


प्रकाशित : माघ १, २०७८ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?